FLASH NEWS

आजको मौसम: तराई मधेसमा हुस्सु लाग्ने


नेपाल आवाज २१ माघ २०७९, शनिबार ०७:२२ मा प्रकाशित ३४६९ पाठक संख्या

हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ। यसैगरी, राती  प्रदेश नं. १, गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।