FLASH NEWS

नेपाल आउन लागेका भारतीय बिदेश सचिबको यस्तो छ भ्रमण तालिका, प्रधानमन्त्रिलाई भारत भ्रमणको निम्तो दिने


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार ०७:३९ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन ।


परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।

साेमबार बिहान १०: ३० मा काठमाडाैं उत्रने भारतीय  बिदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । साे छलफल पछि पराराष्ट सचिव पाैडेलले उनकाे सम्मानमा आयाेजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन  । पराराष्ट सचिबले दिएकाे लन्च पछि भारतीय बिदेश सचिबले परराष्ट्र मन्त्री  बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन ।

प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द माेदीले पठाएकाे निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । साेमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएकाे छ । उनी त्यसका लागि बालकाेट जानेछन् ।

बिदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।