FLASH NEWS

फाइजरको नयाँ बाइभ्यालेन्ट खोपको साढे ३ लाख डोज नेपाल आइपुग्यो


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १५:३८ मा प्रकाशित ११४१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्ट को तीन लाख ४५ हजार डोज नेपाल आइ पुगेको छ ।


कोभ्याक्स सुविधा अन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोप लाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।

सो खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । बाइभ्यालेन्ट खोप पहिलो पटक नेपाल भित्र्याइएको हो । यो खोप ओमिक्रोनको सबभेरिएन्ट विरुद्ध प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख डोज नेपालले पाउनेछ । जस मध्ये तीन लाख ४५ हजार डोज खोप सोमबार नेपाल आइ पुगेको हो । बाँकी खोप अब तीन चरणमा नेपाल ल्याइने विभागले जनाएको छ ।