FLASH NEWS

घट्यो सुनको भाउ


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १२:३६ मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौं  । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।


सोमबार भने सुन को मूल्य स्थिर थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।

यता, मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, मंगलबार पनि चाँदी को मूल्य भने स्थिर छ । मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किन बेच भएको थियो ।