FLASH NEWS

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने


नेपाल आवाज ७ फाल्गुन २०७९, आईतवार २०:२७ मा प्रकाशित १७५३ पाठक संख्या

काठमाडौं, कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए ।