FLASH NEWS

घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुर घाइते, अवस्था गम्भीर


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार १८:२६ मा प्रकाशित २१४९ पाठक संख्या

भक्तपुर ।  काठमाडाै‌ं महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् ।


सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्दा पुरेकाे थियाे।घाइतेको उपचारको लागि नागरीक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।