FLASH NEWS

सुन किन्दै हुनुहुन्छ, आज घटयो सुनको भाउ


नेपाल आवाज १५ फाल्गुन २०७९, सोमबार ११:५३ मा प्रकाशित २२२१ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।


आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी, चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।