FLASH NEWS

बेमौसमी तरकारी खेतीमा किसान आकर्षित


नेपाल आवाज १९ फाल्गुन २०७९, शुक्रबार १३:१५ मा प्रकाशित २३२९ पाठक संख्या

मुगु । मुगुमा पछिल्लो समय किसान बेमौसी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरु पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।


बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उर्पाजनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरु  बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।

सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयतित तरकारीको भरमा परेका लामा समुदायका नागरिकहरु पछिल्लो समय संघ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरु तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् ।  युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा उनीहरुले तरकारी खेती गरेका हुन् ।

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् ।