FLASH NEWS

ग्यास लिक भएर एक रेष्टुरेन्टमा आगलागी


नेपाल आवाज २१ फाल्गुन २०७९, आईतवार १९:१२ मा प्रकाशित १३८१ पाठक संख्या

दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो । शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने खुलेको छैन ।  प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।