FLASH NEWS

राष्ट्रपति निर्वाचन : केपी ओलीले गरे मतदान


नेपाल आवाज २५ फाल्गुन २०७९, बिहीबार १४:१५ मा प्रकाशित १५१३ पाठक संख्या

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् । विभिन्न दलका शीर्षनेताले मतदान गरिसकेपछि ओली मतदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् । नौ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र  एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ ।