FLASH NEWS

ह्वातै बढयो आज सुनको भाउ


नेपाल आवाज २८ फाल्गुन २०७९, आईतवार १२:३१ मा प्रकाशित ३८४७ पाठक संख्या

काठमाडौं । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायीी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ ।

यसैगरी आइतबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।