FLASH NEWS

४ वर्षीया नाबालिगमाथि बलात्कार गर्ने ३४ वर्षीय लम्साल पक्राउ


नेपाल आवाज २९ फाल्गुन २०७९, सोमबार १०:११ मा प्रकाशित १४११ पाठक संख्या

दाङमा ४ वर्षीया नाबालिगमाथि ब’लात्कार भएको छ । ब’लात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ ब’लात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।  जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।


धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ : कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् । जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन् ।