FLASH NEWS

जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना


नेपाल आवाज ३० फाल्गुन २०७९, मंगलवार ११:५८ मा प्रकाशित १५९१ पाठक संख्या

धनगढी ।  डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। सिलगढीदेखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।


सवारी दुर्घटनामा २ जनाको मृत्यु :  काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।

बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

उता सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका– ७ का घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् ।  ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई ईलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।