आज: | Tue, 27, Feb, 2024
FLASH NEWS

ह्वातै घटयो आज सुनको भाउ


नेपाल आवाज ६ चैत्र २०७९, सोमबार १२:५६ मा प्रकाशित ६९१३ पाठक संख्या

काठमाडौं, ६ चैत ।  नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ साेमवार  घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।