FLASH NEWS

सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब


नेपाल आवाज १२ चैत्र २०७९, आईतवार १५:४० मा प्रकाशित १६२७ पाठक संख्या

मुम्बई, १२ चैत । बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो ।


पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।

केही समयअघि पाकिस्तानी क्रिकेटर शोएब अख्तरले एक अन्तरवार्तामा आफूले सोनालीलाई अपहरण गर्न चाहेको खुलासा गरेका थिए ।

शोएबका अनुसार सोनालीप्रति उनको ठूलो क्रम थियो । त्यहीकारण उनले एक टक शोमा स्पष्ट रुपमा आफूले सोनालीलाई प्रेमप्रस्ताव राख्नका लागि जे पनि गर्न तयार हुने, तर उनले अस्वीकार गरेमा अपहरणसम्म गर्न पछि नपर्ने खुलाएका थिए ।

शोएब कुनै समयमा सोनालीको ठूलो फलोअर थिए र उनको प्रेममा पागल नै थिए । उनले यही प्रेमका कारण पर्समासमेत सोनालीकै तस्वीर राख्थे ।