FLASH NEWS

राष्ट्र बैंकले २० अर्ब रुपैयाँकाे रिपो जारी गर्दै


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार ११:४२ मा प्रकाशित १८०१ पाठक संख्या

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपो मार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।