FLASH NEWS

बालुवाटारमा सभामुखसहित प्रमुख तीन दलको बैठक


नेपाल आवाज २८ चैत्र २०७९, मंगलवार ११:५० मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडौं, २८ चेैत । सभाामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्। यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन्। यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा छन् ।