आज: | Wed, 21, Feb, 2024
FLASH NEWS

वर्षमान पुनकी आमामाथि गोली प्रहार


नेपाल आवाज २ बैशाख २०८०, शनिबार १०:०४ मा प्रकाशित १७४१ पाठक संख्या

काठमाडौं, २ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन् ।