FLASH NEWS

कोरोना संक्रमितको मृत्यु


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार ११:१२ मा प्रकाशित १३०९ पाठक संख्या

धनगढी, ३ वैशाख  । कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।