FLASH NEWS

रणवीरको करियर, भन्सालीमा भर


नेपाल आवाज ४ बैशाख २०८०, सोमबार १५:५१ मा प्रकाशित २१९१ पाठक संख्या

मुम्बई, ४ वैशाख । बलिउड अभिनेता रणवीर सिंह यतिबेला ‘रकी और रानीकी प्रेम कहानी’का कारण चर्चामा छन् । यो फिल्म यसै वर्षको जुलाई २८ मा रिलिज हुँदैछ ।


यसबाहेक उनी आदित्य धरको फिल्म ‘द इमोर्टल अश्वथामा’मा जोडिँदैछन् । रणवीर चाँडै नै निर्देशक सञ्जय लीला भन्सालीको फिल्मा पनि देखिँदैछन् ।

रणवीरको पछिल्लो फिल्मले बलिउड बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । ‘८३’, ‘जयेशभाई जोरदार’ र ‘सर्कस’ तीन फिल्म बक्सअफिसमा फ्लप साबित भइसकेको छ । तिन फिल्म भएपछि उनका फ्यान दमदार कमव्याकको पर्खाइमा छन् । यिनै रणवीर सञ्जयको नयाँ फिल्म ‘बैजू बावरा’मा देखिने चर्चा छ ।

फिल्म ‘बैजू बावरा’मा रणवीर अभिनेत्री आलिया भट्टका साथ देखिँदैछन् । बलिउडमा सञ्जय र रणवीरको सहकार्य बक्सअफिसका लागि सफल मानिन्छ । यसको ठूलो उदाहरण फिल्म ‘पद्यावत’लाई हेर्दा हुन्छ । सञ्जयको सहकार्यमा रहेको फिल्म ‘गोलियाकी रासलिलाः रामलीला’मा पनि रणवीरले अभिनय गरेका थिए ।