FLASH NEWS

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार


नेपाल आवाज ११ बैशाख २०८०, सोमबार १२:०७ मा प्रकाशित २३८९ पाठक संख्या

काठमाडौं, ११ वैशाख । सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।