FLASH NEWS

धादिङका प्रजिअ बद्रिनाथ गैह्रे भन्छन् : ‘कानुन विपरितका गतिबिधी कडाका साथ नियन्त्रण गर्छु’


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार २३:३८ मा प्रकाशित १८४३ पाठक संख्या

धादिङ्बेशी – धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जिल्लामा भएका कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको छ ।


बिहिबार पत्रकार र प्रजिअबिच भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गैह्रेले धादिङमा हुने गरेको कानुन विपरितका गतिबिधी कडाका साथ नियन्त्रण गर्ने बताउनुभएको हो ।

उहाँले विकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता नागरिकसँग सरोकार राख्ने बिषयबस्तुमा सुधार गर्दै जाने बताउनुभयो । उहाँले बिगतका सकारात्मक कार्यहरुलाई निरन्तरता दिने र केही कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

प्रशासनबाट सेवाग्राहीलाई सहजतापुर्वक सेवा प्रवाह गर्न तर्फ आफु सम्बेदनशिल रहेको भन्दै काँही कतै समस्या देखिएमा तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।

शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सुधार्नुपर्ने कुराहरुमा खबरदारी गर्दै सकारात्मक क्रियाकलापलाई निष्पक्ष रुपमा जनताको माझमा पु¥याउन पनि सञ्चार माध्यमलाई आग्रह गर्नुभयो।

प्रशासनले हेर्ने कार्य क्षेत्र धेरै रहेको भन्दै उहाँले राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुको अनुगमन गर्ने, नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार नियन्त्रण गर्ने ,अबैध खानिजन्य जडिबुटी ओसारपसार नियन्त्रण गर्ने बताउनुभयो ।

धादिङमा २०७९ माघ १२ हाजिर हुनुभएका रमेश ढकाल सरुवा हुँदा धादिङको प्रजिअका रुपमा गैह्रे आउनु भएको हो ।

गैह्रे यसअघि कालीकोट,रुकुम पश्चिम, प्युठान जिल्लाको प्रजिअका रुपमा कुशल नेतृत्व गर्न सफल रहनु भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा धादिङका बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसैबीच प्रजिअ गैह्रेको अध्यक्षतामा बसेको जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकका निर्णयहरु निम्नानुसार रहेका छन् ।