FLASH NEWS

काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ


नेपाल आवाज २८ जेष्ठ २०८०, आईतवार १३:३४ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।


लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । ‘ दाहिने खुट्टा घुँडामुनि गोली लागेको छ। थप अनुसन्धानले खुल्छ,’ थपलियाले भने।

भगतले भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले करिब एक सय ग्राम ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । लागूऔषध कारोबारमा अरु पनि संलग्न भएकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।