FLASH NEWS

राष्ट्रपति पौडेललाई २४ घन्टासम्म ‘अब्जर्भेसन’मा राखिने


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार २०:३१ मा प्रकाशित १२०७ पाठक संख्या

काठमाडौं – बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।


मंगलबार बिहान मुटुमा समस्या आएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेललाई भोलि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो।

राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकन (अब्जर्भेसन)मा राखी भोलि डिस्चार्ज गर्ने अस्पतालका कार्यकारी निर्देश चन्दमणि अधिकारीद्वारा जारी प्रेस नोटमा उल्लेख छ  ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको र उहाँलाई चिकित्सकहरुको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकन (अब्जर्भेसन) मा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’ प्रेस नोटमा भनिएको छ ।

हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अधिकारीले बताए ।