FLASH NEWS

राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास वैरागी नियुक्त


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार ११:१४ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेकाे छ।


बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेकाे हाे।

वैरागी यसअघि मुख्यसचिव थिए। उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन्। बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो।

सरकारले वैरागीकाे ठाउँमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेकाे छ। अर्याल यसभन्दा अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए। उनलाई सञ्चार मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे सचिवमा राखिएको थियो।