FLASH NEWS

रूसी सेनामा नेपाली युवाको भर्तीबारे प्रधानमन्त्री दाहालले के भने ?


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १२:१६ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताएका छन्।


शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारकाले नजिकबाट नियालिरहेको बताएका हुन्।

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने।

सांसद अच्युतप्रसाद मैनालीले रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए। पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएको छ।