FLASH NEWS

गायक तथा कलाकार रोबिन तामाङको निधन


नेपाल आवाज २० असार २०८०, बुधबार ००:१६ मा प्रकाशित १६५१ पाठक संख्या

काठमाडौं – चर्चित नेपाली रकगायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित आफ्नै घरमा तामाङको शव भेटिएको हो ।


मृत्युको कारण खुलेका छैन । प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । काेठाकाे ढाेका भित्रबाट लगाइएकाे थियाे । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । अहिले पोस्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

उनले थुप्रै चर्चित गीत गाउनाका साथै दर्जनौं चलचित्रहरूमा अभिनय समेत गरेका छन् । उनका ‘चिसो–चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’लगायत गीतहरू चर्चित छन् ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत ब्यस्त थिए । उनले ‘छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं चलचित्रमा पनि अभिनय गरेका छन् ।