FLASH NEWS

ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी


नेपाल आवाज २८ असार २०८०, बिहीबार १४:०५ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।


भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ, समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेल, भाटभटेनीका मालिक मीनबहादुर विशवकर्मा लगायत पक्राउ पर्नेको संख्या १७ पुगेको हो ।

यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।  भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।

सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यी हुन् ‘ललिता निवास भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :

१. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)

२. सुधीर कुमार शाह – पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम- शाखा अधिकृत

४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६. घमान कुमारी कार्की- नापी सर्वेक्षक

७.बाबुराजा महर्जन- नक्कली मोही

८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन- मोही

१०.लोकहरी घिमिरे – समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक

१२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत  (असार २६)

१४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत

१५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी  (असार २७)

स्टे अर्डरमा छुटेका ।

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।