FLASH NEWS

बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १४:१० मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीको पोसाक(बर्दी) लगाएर लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन्।


प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।

प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो ।

डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।

तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन। बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक दुई/चार जना प्रहरी कारबाहीमा परिरहने डिआइजी कडायतले जानकारी दिए।