FLASH NEWS

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १६:०० मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् ।