FLASH NEWS

कार्यवहाक प्रधानमन्त्रीको जिम्मा खड्कालाई


नेपाल आवाज ६ श्रावण २०८०, शनिबार २३:२२ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादूर खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिइएको छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन शनिबार साँझ इटाली प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिएका हुन्।

प्रधानमन्त्री दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।