FLASH NEWS

राजेन्द्र पाण्डेलाई कार्यवाहक दिएर अध्यक्ष नेपाल इन्डोनेसिया उडे


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १२:४८ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया गएका छन्  ।


अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन नेपाल गएराति त्यसतर्फ गएका हुन्। कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आआफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

इन्डोनेसिया बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने छन् ।

पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने छन् । नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिएका छन् ।