FLASH NEWS

पोखरामा २४ तोला सुनजस्ताे देखिने धातुसहित एक महिला पक्राउ


नेपाल आवाज २५ श्रावण २०८०, बिहीबार १२:२१ मा प्रकाशित १९०९ पाठक संख्या

कास्की – पोखरामा २४ तोला सुनजस्ताे देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित कल्पना गुरुङ पक्राउ परेकी हुन् ।


वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा उनलाई पहेँलो धातुसहित पक्राउ गरेकाे जनाएकाे छ । झापाको बिर्तामोड नगरपालिका १ घर भएकी गुरुङ काठमाडौं बस्दै आएकी प्रहरीले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको जानकारी दिए ।  आज बिहान काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नं. काे बस चेकजाँच गर्ने क्रममा छातिमा सेतो टेपले बेरेर ब्रा भित्र लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेकाे हाे ।

पक्राउ परेका गुरुङका साथबाट बरामद भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलिग्राम रहेको र जुन सुन नै प्रमाणित भए करिब २४ तोला रहेको डिएसपी जोशीले बताए । बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गुरूङलाई नियन्त्रणमा लिइ स्थानिय जनप्रतिनिधिसहित  प्रहरीको रोहवरमा मुचुल्का पश्चचात् आवश्यक अनुसन्धानको लागि बैदाम कार्यालयमा ल्याइ थप अनुसन्धान भैरहेक डिएसपी जाेशीले बताए ।