FLASH NEWS

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किदा ९ को मृत्यु


नेपाल आवाज १३ कार्तिक २०८०, सोमबार १०:३४ मा प्रकाशित १०२७ पाठक संख्या

आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन् ।यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।


सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।