सेयर बजार ३.०४ अंकले बढेको छ ।चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।