FLASH NEWS

घट्यो सुनको भाउ


नेपाल आवाज १३ कार्तिक २०८०, सोमबार १८:०६ मा प्रकाशित १३६९ पाठक संख्या

लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।


चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।