FLASH NEWS

एनसेल प्रकरणबारे छानबिन गर्न मन्त्रिपरिषद्ले बनायो समिति


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:२९ मा प्रकाशित ८११ पाठक संख्या

काठमाडौं – सरकारले एनसेलको सेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। ​


आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेस गर्न ३० दिनको कार्यादेश दिइएको छ।

यस्तै बैठकले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ। यस अगाडि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उमेरको विवादमा परेका थिए।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।