FLASH NEWS

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु


नेपाल आवाज १९ माघ २०८०, शुक्रबार १२:१२ मा प्रकाशित ६७९ पाठक संख्या

हेटौँडा – मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।


नहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।