FLASH NEWS

आयोजक नेपाल एपीएफ,सैनिक आवासीय र नेपाल पुलीस स्कुल सेमीफाईनलमा प्रवेश


नेपाल आवाज ३ फाल्गुन २०८०, बिहीबार २२:११ मा प्रकाशित १६८७ पाठक संख्या

काठमाडौं-  नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता : २०८० अन्तर्गत आज भएको क्वाटरफाईनल खेलहरुमा नेपाल पुलीस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) लाई १-० गोल अन्तरले पराजित गरेको छ । जसमा नेपाल पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तानले गोल गरेका थिए ।


त्यसैगरी आज भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालय सल्लाघारीले लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जसमा सैनिक आवासिय महाविद्यालय तर्फबाट डिग विजय शाही- ३, रोहित श्रेष्ठ- २, सन्दिप शर्माले- १ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो ।

नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी विच भएको तेस्रो क्वाटरफाईनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ६-० फराकिलो गोल अन्तरले विजयी भएको छ । जसमा नेपाल एपीएफ स्कुलको तर्फबाट तेन्जिङ्ग शेर्पा, विवेक पश्चिमा थारु र रोहित गोलेले समान २ गोल गरेका थिए।

आज भएको खेलहरुमा क्रमश नेपाल पुलीस स्कुल सँगा, सैनिक आवासीय महाविद्यालय सल्लाघारी र नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) का खेलाडीहरु निश्चल मगर, रोहित श्रेष्ठ, दिपेश गुरुङ्गलाई म्यान अफ द म्याच घोषित भई विद्यालय प्रधानाचार्य युवराज पराजुली, समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राजकुमार प्याकुरेलले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नु भएको थियो ।

 

 

फाल्गुन ५ गते हुने सेमीफाईनलका खेलहरु:
१. नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध मनकामना सेकेण्डरी स्कुल जोरपाटी ।
२. नेपाल पुलीस स्कुल साँगा विरुद्ध सैनिक आवासीय महाविद्यालय सल्लाघारी