FLASH NEWS

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हर्वेनीको विधिवत रुपमा समुदघाटन


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार १६:२६ मा प्रकाशित २१३१ पाठक संख्या

सुनसरी – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हर्वेनीको आज विधिवत रुपमा समुदघाटन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा समुदघाटन भएको हो ।


कोरोना महामारीको समयमा फर्वार्ड बेशको रुपमा स्थापना भई कार्यसम्पादन गर्दै आएकोमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरुको संख्या बृद्धि गर्दै लैजाने नेपाल सरकारको निति अनुरुप सुनसरी जिल्ला बर्जु गाँउपालिका वडा नं. ४ स्थित ३.९ कि.मि. सीमा ईलाका र ५१ वटा सीमा स्तम्भ रेखदेख, दशगजा अतिक्रमण नियन्त्रण, सीमा अपराध नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण गर्ने उदेश्यले सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा स्थापना भई कार्य संचालन गर्दै आईरहेको छ।

समुदघाटन कार्यक्रम बर्जु गाँउपालिकाका अध्यक्ष जिवछ कुमार राय, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चाय,कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सुनसरीका उप अनुसन्धान निर्देशक तुलसी कट्टेल, बर्जु गाँउपालिकाका उप-प्रमुख नितु कुमारी चोधरी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,स्थानिय जनप्रतिनिधी समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट उक्त बिओपीलाई निशुल्क जग्गादान गर्ने जिल्ला मोरङ्ग बिराटनगर महानगरपालिका वडा नं. ११ बस्ने रोमी शर्मा जैन (४ कठ्ठा) र बर्जु गाउँपालिकालाई ( २ कठ्ठा) कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको  सशस्त्र प्रहरी बल नेपालका सह- प्रवक्ता शैलेन्द्र थापाले बताउनु भयो ।