FLASH NEWS

सरकारमा सहभागी हुन अन्य दललाई एमालेको आग्रह


नेपाल आवाज २५ फाल्गुन २०८०, शुक्रबार १६:१२ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अन्य  दलहरुलाई पनि आग्रह गरेको छ ।


केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।