FLASH NEWS

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २०:३४ मा प्रकाशित १००३ पाठक संख्या

काठमाडौं – सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।


महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू  भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।

उनलाई भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।