FLASH NEWS

रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार ११:१२ मा प्रकाशित ३९१ पाठक संख्या

काठमाडौ । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धिधधत रिलायबल प्राइभेट इक्विटी फण्डबाट अकामा होटल बीच सम्झौता भएको छ ।


उक्त सम्झौतामा फन्डको तर्फबाट कोष व्यवस्थापक प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र होटलका तर्फबाट होटेलका अध्यक्ष विनयकुमार श्रेष्ठले हस्ताक्षर गरेर होटेलमा लगानी गर्ने भएको छ ।सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ । साथै, प्राथमिक सार्वजनिक निष्कासनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । यसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ । यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो संस्थाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।