FLASH NEWS

सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १२:३१ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौ । सर्वोत्तम सिमेन्टको सेयर कारोबार मंगलबारदेखि नेप्सेमा सुरु भएको छ । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ  ।


मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो ।

नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो । सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो ।