FLASH NEWS

अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार १५:०९ मा प्रकाशित ६०१ पाठक संख्या

काठमाडौँ । नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण सेवा अवरुद्ध हुने भएको हो । प्रहरीले अनलाइनमा प्रहरी चारित्रिक प्रमाण पत्र दिदै आएको छ ।