मस्को। मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजायँ सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ ।
३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविचलाई सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ परेका थिए । सो पछि उनले झण्डै एक वर्ष जेलमा बिताइसकेका छन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको हिरासत जुन ३० सम्म लम्बिएको छ।पत्रकार गेर्शकोविच र उनको रोजगारदाता कम्पनि दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । र, अमेरिकी सरकारले उनको हिरासतलाई गलत घोषणा गरेको छ।