FLASH NEWS

आगोले जलेर एक महिला घाइते


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार १४:०५ मा प्रकाशित १६०९ पाठक संख्या

डोटी। डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्। आज शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी आगोले जलेर घाइते भएकी हुन्।


दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा भण्डारी जलेर घाइते भएकी हुन्। भण्डारीको अवस्था गम्भीर रहेकोले सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि अन्यन्त्रै रिफर गरिएको प्रहरी नायव निरीक्षक नेगीले बताए।