FLASH NEWS

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार ०८:५३ मा प्रकाशित २०४७ पाठक संख्या

चितवन – काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।


चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन । ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।