FLASH NEWS

नागरिकले दुःख पाउने,तस्करले फाइदा लिने विगतको अभ्यास अब सहन सकिँदैन: गृहमन्त्री लामिछाने


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार १४:५१ मा प्रकाशित ६६१ पाठक संख्या

इलाम – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य गर्ने बताएका छन्।


इलाम बजार​मा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार घोषणा गर्न इलाम पुगेका रास्वपा सभापति समेत रहेका लामिछानेले त्यहाँका स्थानीयसँग कुराकानी गरे ।

गृहमन्त्री लामिछानेले भने,’नागरिकले दुःख पाउने, तस्करले फाइदा लिने विगतको अभ्यास अब सहन सकिँदैन । नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर छौं । आत्महत्या यहाँको ठूलो समस्या हो, विस्तृत अध्ययन गरेर काम गर्छौं ।’

चुनाव र भोट बैंकको हिसाब गरेर बस्दा केही काम हुन नसकेको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले धेरै समस्या र माग विगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन गम्भीर समीक्षा गरेर अघि बढ्ने बताए।