FLASH NEWS

कीचकवधमा उत्खनन : दुइ हजार वर्ष पुरानो भवनको संरचना भेटियो


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १३:५२ मा प्रकाशित ३१९ पाठक संख्या

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित  कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना माहाभारतकालिन भवनका संरचना भएको पुष्टि भएको छ । पुरातत्व विभागको उत्खननपछि उक्त स्थानमा त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यका  अनुसार  उत्खननबाट विभिन्न भवनका भगनावसेस  फेला परेको राससलाई जानकारी दिए ।


उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए । पुरातत्वविद् आचार्यका अनुसार एस छेत्रको मूल भवनको उत्खनन अर्को वर्ष गर्ने निर्णय गरिएको छ ।  यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ । उनका अनुसार हाल उत्खनन गरिएको क्षेकीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने  रुखहरूलाइ   हटाउनुपर्ने, तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।

पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा समेत  उत्खन गरेको थियो ।  यसपटकको  उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा  उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले द्रौपदीको  सतीत्व लुट्न खोज्दा  भीमद्वारा मारिएका थिए ।